एभरेष्ट इन्स्योरेन्स र अपि पावरको शेयरमूल्य समायोजन, कुनको कति ? « Arthapath.com
२९ बैशाख २०७८, बुधबार

एभरेष्ट इन्स्योरेन्स र अपि पावरको शेयरमूल्य समायोजन, कुनको कति ?



काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेञ्जमा अपि पावर र एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । शेयरमुल्य समायोजन भएको अपि पावरको हकप्रद शेयरमा र एभरेष्ट इन्स्योरेन्सको बोनश शेयरमा शेयरमूल्य समायोजन भई नयाँ मुल्य कायम भएको हो ।

शेयर मुल्य समायोजन गरेको अपि पावरको २९.३८ प्रतिशत हकप्रद शेयरममा शेयरमूल्य समायोजन गरी प्रतिकित्ता २९ रुपैयाँ मुल्य कायम भएको छ । मंगलबार कम्पनको अन्तिम कारोबार मुल्य ३५३ रुपैयाँ रहेको थियो ।

कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि बुधबार बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

त्यस्तैगरी शेयरमुल्य समायोजन भएको एभरेष्ट इन्स्योरेन्सले प्रस्ताव गरेको ८ प्रतिशत बोनस शेयरमा शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ७२० रुपैयाँ शेयरमूल्य पुगेको छ । मंगलबार कम्पनीको अन्तिम शेयर मुल्य ७७८ रुपैयाँ रहेको थियो ।

कम्पनिले लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि आज बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो


प्रतिक्रिया दिनुहोस्