बुधबार नेप्से सामान्य अंकले करेक्शन हुँदा ५ अर्ब ३२ करोड रुपैयाँको कारोबार « Arthapath.com
२९ बैशाख २०७८, बुधबार

बुधबार नेप्से सामान्य अंकले करेक्शन हुँदा ५ अर्ब ३२ करोड रुपैयाँको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले करेक्सन भएको छ । लगातार हरियाली छाउँदै आएको नेप्से बुधबार सामान्य अंकले करेक्शन भएको हो । लगानीकर्ताले नेप्सेमा कम्पनी परिवर्तन गरेकाले सामान्य अंकले करेक्शन भएको बताएका छन् । बुधबार हाइड्रो समूहका कम्पनीमा झुम्मिएका छन् । लगानीकर्ताले सेक्टर परिवर्तनले गर्दा नेप्सेमा सामान्य करेक्शन भएको सेयर बिश्लेषकहरु बताउँछन् ।

बुधबार दिनभरि उतारचढाव हुँदै नेप्से बन्द हुने समयमा ०.५६ अंकले बढेर २६७३.८८ अंकमा आएर बन्द भएको छ । दिनभरिमा २१५ कम्पनीको १ करोड ४८ लाख ५४ हजार सेयर कित्ता ६२ हजार ९७२ पटक किनबेच हुँदा ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

दिनभरिमा म्यानुफ्याक्ट्रर एण्ड प्रो. समूहका लगानीकर्ताले सर्वाधिक १००.६६ अंकले कमाए । त्यस्तै, दोस्रोमा हाइड्रो पावर समूहका लगानकिर्ताले ३१.७९ अंकले कमए भने तेस्रोमा निर्जीवन बीमा समूहका लगानीकर्ताले ३१.६ अंकले कमाएका छन् ।

बुधबार सर्वाधिक घट्ने समूह भनेका जीवन बीमा समूह ६६.८६ अंक, ट्रेडिङ समूह ४१.२१ अंकले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्