सिईडिबिको आईपीओ अर्काे साता बाँडफाँड गरिने, १५ लाख भन्दा बढीको हात खाली « Arthapath.com
३० बैशाख २०७८, बिहीबार

सिईडिबिको आईपीओ अर्काे साता बाँडफाँड गरिने, १५ लाख भन्दा बढीको हात खाली



काठमाडौं । सीइडीबी हाइड्रोपावरको आइपीओ अर्को साता बाँडफाँड गर्नेगरि तयारी भईरहेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण जारी निषेधाज्ञाका कारण भेरीफाईको काममा ढिला भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले बताएको छ । अर्को सातामासम्म कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न गर्ने गरी तयारी रहेको बिक्री कम्पनीले जनाएको छ । निषेधाज्ञाले गर्दा कर्मचारी आवतजावतमा समस्या भएकाले अझै धेरै काम बाँकि रहेको बिक्री प्रबन्धक बताउँछ ।

सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जारी गरेको प्राथमिक शेयर (आईपीओ) मा १७ लाख ३६ हजार ७०१ जनाले आवेदन दिएका छन् । आवेदन दिएका खरिदकर्ताहरूले २ करोड ६३ लाख ४५ हजार ५२६ कित्ता शेयरका लागि आवेदन दिएको कम्पनीको शेयर जारी तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ । यो सर्वसाधारणलाई जारी भन्दा ११.२४ गुणा बढी आवेदन परेको हो ।

कमपनीले सर्वसाधारणका लागि २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर जारी गरेको हो । जसमा २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले न्यूनतम १० कित्ताका दरले गोलाप्रथा विधीबाट बाँडफाँड गरिनेछ । जसअनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्यूनतम १० कित्ताका दरले आईपीओ पाउने सम्भावना छ । बाँकी १५ लाख भन्दा बढि आवेदकको हात खाली हुने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्