बिहिबार सुन तोलामा ४ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?

कठमाडौं । बिहिबार सुन तोलामा ४ सयले घटेको छ । आज सुन तोलामा ४ सयले घटेर छापवाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो बुधबार सुन ३ सयले घटेर ९२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
सैगरी आज सुनसंगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाले घटेर प्रतितोला एक हजार ३३५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो चाँदीको भाउ स्थिर रहेको थियो ।