सिईडिबिको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस् रिजल्ट « Arthapath.com
३१ बैशाख २०७८, शुक्रबार

सिईडिबिको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस् रिजल्ट



काठमाडौं । सीइडीबी हाइड्रोपावरको आइपीओ बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आज (बैशाख ३१ गते, शुक्रबार) बिहान ११ बजे कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न गरिएको हो ।

आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले न्यूनतम १० कित्ताका दरले गोलाप्रथा विधीबाट बाँडफाँड गरिएको हो । जसअनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्यूनतम १० कित्ताका दरले आईपीओ पाएका छन् भने तीमध्ये ४ जनाले थप १/१ कित्ता सेयर पाएका छन्। बाँकी १४ लाख ३ हजार ४६४ जना आवेदकको हात खाली भएको हो ।

कम्पनीले बैशाख १७ गते देखि २१ गते सम्म सर्वसाधारणका लागी जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर जारी गरेको थियो । जसमा २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणको लागि जारी गरेको हो ।

विक्री प्रबन्धक सनराइज क्यापिटलमा अनुसार १६ लाख ३७ हजार ६५९ वटा योग्य आवेदनबाट २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता शेयर माग भएको छ । यो सर्वसाधारणलाई जारी गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको १०.५२ गुणा बढी हो ।

आईपीओ हेर्न यहाँ क्लिक गर्नुहोलाः

https://www.sunrisecapital.com.np/IPO

https://iporesult.cdsc.com.np/

www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)

https://www.facebook.com/sunrisecapital.com.np/videos/381311379805654


प्रतिक्रिया दिनुहोस्