किन भयो एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकरण खारेज ?

काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकरण खारेज भएको छ । नेपाल स्टक एक्स्चेञ्जमा एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकरण खारेज भएको हो ।
नेप्सेले आन एक सुचना जारी गदै बैंकको ‘७.२५ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०७७’ को सूचीकरण आज जेठ २ गतेदेखि खारेज भएको जानकारी दिएको छ ।
उक्त सुचनामा बैंकले जारी गरेको ५० करोड रुपैयाँ बराबरको ५ लाख थान ऋणपत्र गत बैशाख ३१ गतेदेखि परिपक्क भएसँगै सूचीकृरण खारेज भएको जनाएको छ ।
