माछापुच्छ्रे बैंकले ल्यायो १० लाख सम्मको स्वास्थ्य उपचार सेवा , क-कसले पाउछ्न सेवा ? « Arthapath.com
४ जेष्ठ २०७८, मंगलवार

माछापुच्छ्रे बैंकले ल्यायो १० लाख सम्मको स्वास्थ्य उपचार सेवा , क-कसले पाउछ्न सेवा ?



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यलेMBL Care Creditसुबिधा संचालनमा ल्याएको छ ।

यस सुबिधा अन्तर्गत ग्राहकहरुले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको Care Credit सुविधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन । उक्त सुविधा अन्तर्गत बैंकले ग्राहकहरुलाई रू दश लाख सम्मको रकम प्रदान गर्ने छ ।

बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएर पनि ग्राहकहरुले उक्त सुबिधा लिन सक्नेछ । हाल बैंकको क्रेडिट कार्ड नभएका तर कार्ड लिन चाहनुहुने ग्राहकहरुले बैंकको वेबसाइट मा ( https://www.machbank.com/online-credit ) गइ क्रेडिट कार्डको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

हालको विषम परिस्थितिमा यो सुविधाले ग्राहकहरुलाई अप्ठ्यारो पर्दा उपचारको लागि आर्थिक जोहो गर्न मद्दत पुग्ने बैंकले जनाएको छ । उक्तसुबिधा बैंकको देशैभर रहेका १६० शाखाहरु मार्फत सजिल्यै लिनसक्ने छन ।


प्रतिक्रिया दिनुहोस्