शुक्रबार ७८९० जना निको भए, थप ८४०७ जनामा कोरोना संक्रमण

काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा थप ८४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कुल संक्रमितको संख्या ४ लाख ९७ हजार ०५२ पुगेको छ ।
त्यस्तै, आज थप १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ६ हजार २४ जना संक्रमितको मृत्यु भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ८९० जना संक्रमणमुक्त भएका छन् । योसहित देशभर कोरोना निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।
त्यसैगरी हाल १ लाख १६ हजार १ सय ९२ जना आईसोलेसनमा रहेका छन भने ९१२ जना देशभर क्वारेन्टाइनमा रहेका छन ।