हाम्रो अक्सिजन उद्योगले त्रिशुली अस्पताललाई दियो एक हजार २०० अक्सिजन सिलिण्डर « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

हाम्रो अक्सिजन उद्योगले त्रिशुली अस्पताललाई दियो एक हजार २०० अक्सिजन सिलिण्डर



नुवाकोट । उच्च रुपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि अक्सिजनको माग बढिरहेका बेला ‘हाम्रो अक्सिजन उद्योग’ले नुवाकोटको त्रिशूली अस्पतालका लागि १ हजार २०० अक्सिजन सिलिण्डर सहयोग गरेको छ।

हाम्रो अक्सिजन उद्योगले वागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डेसंगको छलफलपछि १ हजार २ सय सिलिन्डर अक्सिजन प्रदान गरेको हो । केरोना भाइरस महामारीमा सहयोग गरेको भन्दै मन्त्री पाण्डेले उद्योगी व्यवसायीका लागि काम गर्न सहज वातावरण तयार गरिने बताएका छन ।

हाम्रो अक्सिजन उद्योगले ककनि गाउँपालीकामा दैनिक ७०० देखि ७५० सिलिण्डरसम्म अक्सिजन उत्पादन गर्दै आएको छ । सिलिण्डर दैनिक १०/१० का दरले अस्पताललाई पठाइने हाम्रो अक्सिजन उद्योगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्