प्रभु बैंकको “८.५% प्रभु बैंक डिबेन्चर २०८७” जेठ ११ गतेदेखि निष्काशन हुने « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

प्रभु बैंकको “८.५% प्रभु बैंक डिबेन्चर २०८७” जेठ ११ गतेदेखि निष्काशन हुने



काठमाडौं । प्रभु बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब बराबरको १० वर्षे “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्र (Debenture) जेष्ठ ११ गतेदेखि निष्काशन गर्ने भएको छ ।

बैंकले प्रति कित्ता १,००० रुपैयाँ अंकित मूल्यको ४ अर्ब बराबरको ४० लाख कित्ता डिबेञ्चर निष्काशन गर्न लागेको हो । जसमा १६ लाख कित्ता डिबेन्चर अर्थात् १ अर्ब ६० करोड सामुहिक लगानी कोषका लागि छुट्टयाईएको छ ।त्यसैगरी २ अर्ब ४० करोठड बराबरको २४ लाख कित्ता डिबेञ्चर सर्वसाधारणका लागि निष्काशन गर्ने बैंकले जनाएको छ ।

ऋणपत्र खरिदका लागि छिटोमा जेष्ठ १६ गतेसम्म आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पुर्ण आवेदन नपरेमा निष्काशन अवधि जेष्ठ २६ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट न्युनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लि. रहेको छ ।


प्रतिक्रिया दिनुहोस्