मंगलबार ६४०४ संक्रमणमुक्त भए ,थप १६९ जनाको मुत्यु « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

मंगलबार ६४०४ संक्रमणमुक्त भए ,थप १६९ जनाको मुत्यु



काठमाडौं । मंगलबार पछिल्लो २४ घण्टामा थप ६ हजार ४ सय ४ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४८ हजार ८७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

वितेको २४ घण्टामा थप १ सय ६९ जनाको कोरोनाबाट ज्यान गएको छ । यो संग कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ७ सय पुगेको छ ।

त्यसैगरी आज थप ८६३६ जनामा संक्रमण पुष्टि भएको छ देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० एन्टिजेन टेष्ट गर्दा २४९ जना गरी ८६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्