बुक बिल्डिङबाट आईपीओ निष्कासनकाे तयारीमा रहेको सर्वोत्तम सिमेन्टले किन गर्याे ढिला ? « Arthapath.com
१९ जेष्ठ २०७८, बुधबार

बुक बिल्डिङबाट आईपीओ निष्कासनकाे तयारीमा रहेको सर्वोत्तम सिमेन्टले किन गर्याे ढिला ?



काठमाण्डौं । कोरोना रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाका कारण सर्वाेत्तम सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया ढिलो हुने भएको छ । आईपीओ निष्कासनको तयारी गरिरहेको कम्पनीले निषेधाज्ञाले गर्दा अर्काे चालु आर्थिक बर्षसम्ममा रोकिएको हो ।

त्यस्तै, कम्पनीको आफ्नै कारणले पनि आईपीओ निष्कासन प्रक्रियामा ढिलाई भएको कम्पनीले जनाएको छ । आईपीओ जारी गर्न कम्पनीको ३ आर्थिक वर्षको वित्तीय विवरण पेश गर्नुपर्ने हुन्छ तर पहिलो आर्थिक वर्षको कारोबार साउन १२ गतेदेखि सुरु गरेको हुनाले ढिला भएको स्रोतले जनाएको छ ।

सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्न प्रक्रिया अगाडि बढाईसकेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेड, सहायक बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड र प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर आईपीओ निष्कासन गर्नेछ । कुल निष्कासन हुने साधारण सेयरमध्ये २४ लाख कित्ता संस्थागत लगानीकर्तालाई, स्थानीय जिल्लावासीलाई ८ लाख कित्ता र कम्पनीका कर्मचारी र अन्य सर्वसाधारणलाई २८ लाख कित्ता छुट्याइएको छ ।

कम्पनीको अनुसार संस्थागत लगानीकर्ताहरुका लागि ७५० रुपैयाँ मूल्य तोकिएको छ भने सर्वसाधारण लगानीकर्ताहरुले भने संस्थागत लगानीकर्ताहरुलाई पर्ने मूल्य भन्दा १० प्रतिशत कम पर्नेछ ।

आईपीओबाट प्राप्त रकममध्ये ४० प्रतिशत ऋण भुक्तानी गरी सतप्रतिशत ऋणमुक्त हुने, बाँकी रकमले उत्पादन क्षमता दोब्बर गर्ने र यसबाट ४ वर्षपछि वार्षिक प्रतिफल ७५ प्रतिशतभन्दा बढी हुन जाने प्रक्षेपण गरिएको कम्पनीले जनाएको छ ।

हाल कम्पनीको सम्पत्ति रु २ अर्ब रहेको छ । हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब रुपैयाँ पुग्ने छ ।


प्रतिक्रिया दिनुहोस्