एनआईसी एशिया बैंकको अनलाइन अकाउण्ट ओपनिङ च्यालेञ्जमा खाता खोली स्मार्टवाच, आईफोन–१२ तथा रू. ५० हजार नगद जित्ने मौका « Arthapath.com
२३ जेष्ठ २०७८, आईतवार

एनआईसी एशिया बैंकको अनलाइन अकाउण्ट ओपनिङ च्यालेञ्जमा खाता खोली स्मार्टवाच, आईफोन–१२ तथा रू. ५० हजार नगद जित्ने मौका



काठमाडौं । डिजिटल बैंकिङ्गमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको यस एनआईसी एशिया बैंकले कोरोना भाइरसकोे महामारीका बेला घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ दुई वटा प्रतियोगिता सार्वजनिक गरेको छ । २०७८ जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन हुने यी दुई Online Account Opening Challenge प्रतियोगिताहरू मध्ये सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने एक जनालाई आईफोन–१२ तथा १० जनालाई स्मार्टवाच र यस बैंकको अनलाईन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युटुबमा अपलोड गर्नुहुने दुई जनालाई जनही रू. ५० हजार नगद जित्ने मौका रहेको छ ।

‘Online Account Opening Challenge’ का लागि सहभागीले जतिसक्दो कम समयमा यस बैंकको वेबसाइटमार्फत सफलतापूर्वक खाता खोल्नुपर्नेछ । यस प्रतियोगितामा सहभागी हुनका लागि निम्नलिखित चरणहरु पार गर्नुपर्ने हुन्छ:

क. यस बैंकको वेबसाइटबाट खाता खोल्ने प्रक्रिया पूरा गर्ने ।
ख. Account Progression मा गई आफ्नो रिफरेन्स कोड राखेर खाता खोल्ने स्टेप १ देखि Submitted सम्म देखिने गरी Screenshot लिने ।
ग. बैंकको आधिकारिक फेसबुक पेजमा रहेको Pinned पोष्टको कमेन्टमा Challenge Accepted लेखि आफ्ना ५ जना साथीहरूलाई Tag गरी उक्त Screenshot पोष्ट गर्ने ।
घ. सहभागीले उक्त Pinned पोष्टलाई आफ्नो टाइमलाइनमा #GharBataiOnlineKhata तथा #NICASIABANK उल्लेख गरी सार्वजनिक रुपमा शेयर गर्ने ।
ङ. यस बैंकको फेसबुक पेज र उक्त Pinned पोष्टलाई लाइक गर्ने ।

यस प्रतियोगिता अवधिभर हरेक साता दुई/दुई जना तथा प्रतियोगिता अवधिभर छोटो समयमा खाता खोल्ने १० जनालाई छनौट गरी बैंकले प्रत्येकलाई एक/एक वटा स्मार्टवाच प्रदान गर्नेछ र उत्कृष्ट १० जनामध्ये पनि कम समयमा खाता खोल्नुहुने एकजना भाग्यमानी ग्राहक महानुभावलाई आइफोन–१२ प्रदान गरिने योजना रहेको छ ।

‘Video Challenge’ का लागि भने युटुबमा भिडियोहरू अपलोड गर्नुहुने Youtuber महानुभावहरू यस बैंकको अनलाईन खाता खोल्ने प्रक्रिया एवं यसका योजनाहरूबारे भिडियो वा भ्लग बनाई यस प्रतियोगितामा सहभागी हुन सक्नुहुनेछ । भिडियो बनाउँदा बैंकको ‘सहज रुपमा अनलाईन खाता प्रकृया’ एवं ‘महामारीको बेला बैंक पुगेर खाता खोल्दाका चुनौति’ बारेमा सहभागीले खुलेर प्रस्तुती दिनुपर्ने हुन्छ । सहभागीले आफुसँग रहेको कौशल प्रयोग गर्दै रचनात्मक भिडियो तयार पारी युटुबमा यस बैंकको आधिकारिक युटुब च्यानललाई ट्याग गरी #GharBataiOnlineKhata एवं #NICASIABANK उल्लेख गरी भिडियो अपलोड गर्नुपर्नेछ । सहभागी भएका भिडियोहरू मध्ये रचनात्मक भिडियो र सबैभन्दा धेरै पटक (न्यूनतम २ हजार पटक) हेरिएको भिडियोलाई जनही रू. ५०,००० का दरले नगद पुरस्कार प्रदान गरिनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । करिब २७ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्