लाभांश पारित गर्न नागरिक लगानी कोषले असार १८ गते साधारण सभा बोलायो, बुक क्लोज कहिले ? « Arthapath.com
२४ जेष्ठ २०७८, सोमबार

लाभांश पारित गर्न नागरिक लगानी कोषले असार १८ गते साधारण सभा बोलायो, बुक क्लोज कहिले ?



काठमाडौं । नागरिक लगानी कोषले २६ औं वार्षिक साधारण सभा असार १८ गते बोलाएको छ । लगानी कोषको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाअसार १८ गते दिउँसो २ बजे कोषको केन्द्रिय कार्यालय काठमाडौंमा बोलाएको हो ।

सभाले आर्थिक बर्ष २०७६–०७७ को बार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, लेखापरिक्षकको प्रतिवेदनसहितको २०७७ साल असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाव र नगद प्रवाह विवरण उपर छलफल गरि पारित गर्नेछ । त्यस्तै, सेयरधनीहरु तथा सञ्चालकहरुका तफबाट एक–एक जना प्रतिनिधि नियुक्त गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट शेयरधनीलाई ९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरी ८.८९४७ प्रतिशत गरी कूल १७.८९७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि असार ८ गते बुक क्लोज गर्ने निर्णय रेशो छ । त्यसैले, असार ७ गतेसम्म कायम सेयरधनीले मात्र कोषले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्