बीमामा रोजगारीको अवसरः रिलायन्स लाइफले माग्यो ७ प्रदेशका लागि ठूलो संख्यामा कर्मचारी « Arthapath.com
२५ जेष्ठ २०७८, मंगलवार

बीमामा रोजगारीको अवसरः रिलायन्स लाइफले माग्यो ७ प्रदेशका लागि ठूलो संख्यामा कर्मचारी



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ठूलो संख्यामा कर्मचारी मागेको छ । कम्पनीले सातै प्रदेशका लागी कर्मचारीको माग गरेको हो । विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि ब्रान्च म्यानेजरको माग गरेको हो ।

प्रदेश नम्बर १ का ९ वटा शाखा तथा उप–शाखा कार्यालय, प्रदेश २ को जलेश्वर, महोत्तरी र यधुकोहा कार्यालय, वागमती प्रदेशको हाकिम चोक र भरतपुर कार्यालय, गण्डकी प्रदेशको बिरौटा र पोखरा कर्याालय, लुम्बिनी प्रदेशको बर्दघाट, नवलपरासी, सन्धीखर्क, अर्घाखाची, मणिग्राम, बुटवल, श्रीनगर, सल्यान, रोल्पा, लिबांग, भलुबांङ र भालुवाङ, दाङ कार्यालय, कर्णली प्रदेशको मेहलकुना कार्यालय, सुदूरपश्चिम प्रदेशको झलरी र कंचनपुर, भंजनी कार्यालयका लागी कर्मचारी मागेको हो ।

शैक्षिक योग्यता
मान्यता प्राप्त विश्वविध्यालयबाट न्युनतम स्नातक तह उत्तिर्ण ।
जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा कार्यानुभव भएको आवेदकहरुलाई प्राथमिकता दिईनेछ ।

ईच्छुक योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकातिश भएको मितिले ७ दिनभित्र आवेदन दिनसक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्