नबिल बैंकले ऋणपत्र निष्कासन गर्न बोर्डबाट पायो अनुमति « Arthapath.com
२५ जेष्ठ २०७८, मंगलवार

नबिल बैंकले ऋणपत्र निष्कासन गर्न बोर्डबाट पायो अनुमति



काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नबिल बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डले जेठ ११ गते अनुमति दिएको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्नेछ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ‘८ प्रतिशत नबिल बैंक डिबेन्चर २०८५’ नाममा ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डमा निवेदन पेश गरेको थियो । जसमा बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघसंस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । बैंकको ऋणपत्रको अवधि ७ वर्ष रहेको छ ।

बैंकको ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकमा काम हिमालयन क्यापिटल लिमिटेडले रहेको छ ।


प्रतिक्रिया दिनुहोस्