अब संस्थागत बीमा अभिकर्ताले अलग्गै लाइसेन्स लिनुपर्ने « Arthapath.com
२६ जेष्ठ २०७८, बुधबार

अब संस्थागत बीमा अभिकर्ताले अलग्गै लाइसेन्स लिनुपर्ने



काठमाडौं । बीमा कम्पनीको संस्थागत अभिकर्ता भएर काम गरिरहेका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था र गैरसरकारी संस्थालगायतले अलग्गै इजाजत लिनुपर्ने भएको छ । बीमा समितिले बुधबार ‘संस्थागत बीमा अभिकर्तासम्बन्धी निर्देशिका’ जारी गरेर यस्तो व्यवस्था गरेको हो ।

लाइसेन्स लिनका लागि अभिकर्ता बन्न चाहने संस्थाले प्रबन्धपत्र, नियमावली वा विधानमै कुन प्रकारको अभिकर्ता बनेर काम गर्ने भन्ने खुलाउनुपर्ने निर्देशिकामा उल्लेख छ । अभिकर्ता बन्न चाहने कम्पनी वा संस्थाका प्रबन्धकमध्ये कम्तिमा एक जनाले बीमा अभिकर्तासम्बन्धी तालिम लिएको हुनुपर्ने र कम्तिमा एसईई उत्तिणर् हुनुपर्ने व्यवस्था गरिएको छ ।

संस्थागत अभिकर्ताको इजाजतका लागि निवेदन दिँदा पहिलेभन्दा धेरै कागजात प्रस्तुत गर्नुपर्ने व्यवस्था नयाँ निर्देशिकामा गरिएको छ । यस्ता अभिकर्ताले बीमितलाई भ्रममा पार्न, करकाप गर्न, अभिकर्ता कमिशनमा प्राप्त हुने रकम दिन वा दिने आश्वासन बाँढ्न पनि रोक लगाएको छ ।

अहिले बैंक तथा सहकारी संस्थाले यस्ता विकृत गतिविधी गरेकोभन्दै बेलाबखत सामाजिक सञ्जाल र आम सञ्चारमाध्यममा समेत खबरहरु प्राप्त हुने गरेका छन् । यस्ता अभिकर्ताले अण्डरराइटिङसम्बन्धी काम गर्न र बीमा कम्पनीको तलबी कर्मचारी, परामर्शदाता, सर्वेयर, सल्लाहकार वा लेखापरिक्षक भएर काम गर्न नपाइने व्यवस्था गरेको छ ।

संस्थागत-बीमा-अभिकर्ता-सम्बन्धी-निर्देशिका-२०७८


प्रतिक्रिया दिनुहोस्