भारतमा कोरोनामा बाट ज्यान गुमाउनेको संख्या हालसम्मकै उच्च « Arthapath.com
२७ जेष्ठ २०७८, बिहीबार

भारतमा कोरोनामा बाट ज्यान गुमाउनेको संख्या हालसम्मकै उच्च



काठमाडौं । छिमेकि मुलुक भारतमा पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च ६ हजार १ सय ४८ जनाले कोरोना भाइरसबाट ज्यान गुमाएका छन ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार वितेको २४ घण्टामा थप ९४ हजार ५२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन । यो संगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९१ लख ८३ हजार १ सय २१ पुगेको छ ।

वितेको चौबीस घण्टामा एक लाख ५१ ह्जार ३६७ जना कोरोनामुक्त भएका छन् । यो संगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई करोड ७६ लाख ५५ हजार ४ सय ९३ पुगेको छ ।११ लाख ६७ हजार ९५२ जना भारतमा संक्रिय संक्रमित रहेका छन ।हालसम्म भारतमा २३ करोड ९० लाख ५८ हजार ६३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस्