कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा « Arthapath.com
१ असार २०७८, मंगलवार

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा



काठमाडौं । अल्पमतमा परेको कर्णाली प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रम बहुमतले पारीत भएको छ । आज कर्णली प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ को निति तथा कार्यक्रम आज बसेको प्रदेशसभाले बहुमतले पारीत गरेको हो । सभामुख राजबहादुर शाहिले आज बसेको प्रदेश सभा बैठकले सरकारको कार्यक्रम बहुमतले पारित भएकोे घोषणा गरेका हुन् ।

कर्णली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहि अल्पमतमा परेका छन । ४० जना सासंद रहेको कर्णाली प्रदेशमा शाहिको पक्षमा काङ्गेसका ८ जना र माओवादीका १२ गरि १८ जना सासंद रहेका छन भने नेकपा एमालेमा सभामुख समेत गरी २० जना रहेका छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्