धितोपत्र बोर्डमा दानव नृत्यु चलिराछः रविन्द्र भट्टराई « Arthapath.com
२ असार २०७८, बुधबार

धितोपत्र बोर्डमा दानव नृत्यु चलिराछः रविन्द्र भट्टराई



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीलाई जोखिमयुक्त भनेर सार्वजनिक गरेपश्चात त्यसको ब्यापक विरोध भएको छ । सामाजिक सञ्जालदेखि सबैले यसको विरोध गरेका हुन् । सेयर बजारका चर्चित लेखक तथा विश्लेषक रविन्द्र भट्टराईले धितोपत्र बोर्डको यो निर्णलाई दानव नृत्यको संज्ञा दिएका छन् ।

५१ वटा कम्पनीको नामै तोकेर जोखिमयुक्त भनेर सार्वजनिक गरेपछि उनले सामाजिक सञ्जाल फेशबुकमा पोस्ट गर्दै दानव नृत्यको संज्ञा दिएका हुन् । उनले लेखेका छन्, “रेफ्रीले नै यो टीमले जित्छ र हार्छ र यो टीममा बाजी थाप भन्छ भने त्यो खेलको पारदर्शिता कति होला ? धितोपत्र बोर्डमा दानव नृत्य चलिराछ ।”

धितोपत्र बोर्डले मंगलबार सेयर बजारमा कारोबारमा रहेका कम्पनीमध्ये ५१ वटा कम्पनीको सूचि सार्वजनिक गर्दै तिनीहरुको सेयरमा लगानी जोखिमयुक्त भन्दै विज्ञप्ति सार्वजनिक गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्