“कुनै पनि देशको नियामक निकायले आफैँले स्वीकृति दिएका कम्पनीमा लगानी गर्न असुरक्षित भन्दैन” « Arthapath.com
२ असार २०७८, बुधबार

“कुनै पनि देशको नियामक निकायले आफैँले स्वीकृति दिएका कम्पनीमा लगानी गर्न असुरक्षित भन्दैन”



काठमाडौं । नेपाल धितोपत्र बोर्डद्वारा जोखिमयुक्त ५१ वटा कम्पनी सार्वजनिक भएपछि नेपाल ईन्भेष्टस्टर्स फोरम र शेयर लगानीकर्ता संघ नेपालले गम्भिर असहमति जनाएको छ । संसारमा कुनै पनि देशको नियामक निकाय आफैले संचालन स्वीकृती दिएका कम्पनीहरुमा लगानी गर्न उचित हुँदैन भनेर भन्न नमिल्ने बताएका छन् । बोर्डले कानुनले वर्जित गरेको बाहेक सबै कामहरू स्वतन्त रूपमा गर्ने छुट पाउने भन्दै गैरकानुनी कार्य गर्ने कम्पनीलाई कानुनी रूपमै कारबाही गर्ने अधिकार सम्बन्धित निकायमा हुने ती दुवै संगठनले विज्ञप्तिमार्फत भनेका छन् ।

नेपाल धितोपत्र वोर्ड शेयर बजार नियामक निकायको अन्तर्राट्र्रिय छाता संगठन आइओएससीओको सदस्य भएकाले उसले सिद्धान्त खुलासा गरिदिनु हो ।

वित्रप्तिमा भनिएको छ, “जसमा कुनै पनि कम्पनीको सूचनामा लगानीकर्ताहरूको तत्काल पहुँच पुर्याउन मद्दत गर्नु सकेसम्म साप्ताहिक नभए मासिक रूपमा कम्पनीले गरेका गतिबिधिहरूलाई लगानीकर्ताहरूबिच पुर्याउन श्रव्य–दृश्य, इलेक्ट्रोनिक मेडिया, वेव साईटजस्ता मिडिया मार्फत दुरुस्त राख्न लगाउनु, सुचनाहरू अपडेट भए नभएको हेर्नु पर्छ ।” जसले गर्दा लगानीकर्ताहरूले कम्पनीको बारेमा सुचना पाउने सक्ने छन् ।

नेपालको अर्थतन्त्रमा नियन्त्रणमुखी शैलीमा सुचिकृत २०० भन्दा बढी कम्पनीहरूमध्ये ५१ वटा कम्पनीहरूलाई कालो सूचिको ढाँचामा प्रस्तुत गर्दै ती कम्पनीहरूमा असार १ गते कारोवार समयसम्म लगानी गर्ने लगानीकर्ताहरूको लगानी असुरक्षित बनाउने काम स्वयं धितोपत्र बोर्डबाट भएकाले यो दुखद भएको संस्थाले विज्ञप्तिमार्फत बताएको छ ।

2-share-lagani-invster


प्रतिक्रिया दिनुहोस्