बुधबार नेप्सेमा १५ अर्ब रुपियाँको विकास ऋणपत्र सूचीकृत

काठमाडौँ । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेमा १५ अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ ।
नेप्सेले एक सुचना जारी गदै नेपाल राष्ट्र बैंकले निष्काशन गरेको ‘४.७९ प्रतिशत विकास ऋणपत्र २०८३ घ’ आज सूचीकृत भएको जनाएको छ ।
उक्त क्रणपत्र धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ८ अनुसार आजैको निर्णय अनुसार उक्त विकास ऋणपत्र सूचीकृत गरिएको नेप्सेले जनाएको छ ।