जीवन विकास लघुवित्तले १९ लाख ७७ हजार कित्ता आईपीओ निष्कासन गर्दै « Arthapath.com
३ असार २०७८, बिहीबार

जीवन विकास लघुवित्तले १९ लाख ७७ हजार कित्ता आईपीओ निष्कासन गर्दै



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले अषाढ ११ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले बिहीबार सूचना जारी गर्दै अषाढ ११ गतेदेखि आईपीओ बिक्री खुला गरिने जनाएको हो ।

कम्पनीले जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशत अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३ सय कित्ता सेयर निष्कासन गर्ने छ । जसमा ३० हजार ४२० कित्ता अर्थात् ०.५ प्रतिशत कर्मचारीका लागी र ९८ लाख ८६५ कित्ता (कूल निष्कासनको ५ प्रतिशत) सामूहिक लगानी कोषको लागी छुट्याएको छ भने बाँकि १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणका लागी छुट्याईएको छ ।

लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम १ हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा १५ गतेसम्म र ढिलोमा २५ गतेसम्म आवेदन पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डबाट जेठ ३० गते संस्थालाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटे रहेको छ ।


प्रतिक्रिया दिनुहोस्