सूर्या लाइफद्वारा संस्थापकको ६० र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व कायम « Arthapath.com
३ असार २०७८, बिहीबार

सूर्या लाइफद्वारा संस्थापकको ६० र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व कायम



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । कम्पनीको २२ लाख ६२ हजार ८९४.५ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत भएको हो । परिणतपछि कम्पनीको संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व कायम भएको छ ।

यसअघि कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको थियो ।

कम्पनीको गत वर्ष माघ ५ गतेसम्म १२ औँ वार्षिक साधारणसभाबाट संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व कायम गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्