नेप्सेमा सिर्जना फाइनान्सको ११ लाख ५१ हजार कित्ता बोनस शेयर सूचीकृत « Arthapath.com
३ असार २०७८, बिहीबार

नेप्सेमा सिर्जना फाइनान्सको ११ लाख ५१ हजार कित्ता बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिर्जना फाइनान्सको बोनस शेयर सूचीकृत भएको छ । फाइनान्सको ११ लाख ५१ हजार ९५०.१७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

फाइनान्सले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट शेयरधनीहरूलाई १३.५९ प्रतिशत बोनस शेयर वितरण गरेपश्चात् उक्त बोनस शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

शेयरधनीको डिम्याट खातामा आएपछि फाइनान्सको बोनस शेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

11,51,950.17 Units Bonus Shares of Shrijana Finance Limited (SFFIL) has been listed in NEPSE


प्रतिक्रिया दिनुहोस्