कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा अषाढ २५ गते, गाभ्ने–गाभिने निर्णय संचालक समितिलाई अख्तियारी दिने

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले १३ औं बार्षिक साधारण सभा बोलाएको छ । बैंकले १३ औं बार्षिक साधारण सभा असार २५ गते पर्सास्थित केन्द्रिय कार्यालयमा गर्ने भएको हो । बैंकको अषाढ १ गते बसेको सञ्चालक समितिको बैठकले अषाढ २५ गते बोलाउने निर्णय गरेको हो ।
बैंकले साधारणसभामा आर्थिक वर्ष २०७६–०७७ को प्रतिवेदन छलफल गरि पारित गर्नेछ । त्यस्तै, सभामा वासलात र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७७–०७८ को लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने सामान्य प्रस्ताव रहेको छ ।
त्यस्तै सभामा अन्य बैंक तथा वित्तीय संस्थासंग गाभ्ने गाभिने निर्णय गर्ने तथा सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिनेछ । सभामा कार्य क्षेत्र संशोधन गर्ने, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नियामक निकायबाट संशोधनको लागि थप निर्देशन आएमा सोहि अनुसार अख्तियारी संचालक समितिलाई दिने मुद्धा रहेका छन् ।