बचतमा वाणिज्य बैंकहरुमध्ये कै सर्वाधिक ब्याज दिँदै एनएमबि बैंक

काठमाडौं । हाल साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेटने गरी निक्षेपमा एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेकोे छ ।
बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबि बैंकले अहिले आफ्ना ग्राहकलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ । जुन वाणिज्य बैंकहरुले प्रदान गरिरहेकोमध्येकै सर्वाधिक ब्याज हो ।
बैंकले मुद्दतिमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ । हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेकोे देखिए पनि एनएमबिले भने स–साना निक्षेपकर्तालाई मर्का नपरोस् भन्ने उद्देश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो’, बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एनएमबि बैंकले हाल देशभरि १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।