४ असार २०७८, शुक्रबार

एमालेद्वारा ३ जना मन्त्रीलाई राजीनमा दिन निर्देशन



काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले ३ जना मन्त्रीलाई राजीनमा दिन निर्देशन दिएको छ । एमाले पार्टीबाट प्रदेश सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन शुक्रबार बसेको संसदीय दलको बैठकले निर्देशन दिएको हो ।

सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई राजीनामा दिएर फिर्ता आउन प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए ।

गत वैशाख ३ गते यी ३ मन्त्रीसहित सांसद प्रकाश ज्वालाले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । त्यसपछि शाहीले थापा, शाही र बुढालाई मन्त्री नियुक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्