नबिल बैंक र युनाइटेड फाइनान्सको बिशेष साधारण सभा आज हुँदैं « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

नबिल बैंक र युनाइटेड फाइनान्सको बिशेष साधारण सभा आज हुँदैं



काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेड र नबिल बैंकले बिशेष साधारण सभा आज (अषाढ ५ गते, शनिवार) हुँदै छ । नबिल बैंकसँग मर्जरमा जानका लागी फाइनान्सले बिशेष साधारण सभा बोलाएको हो, भने निबल बैंकले फाइनान्सलाइ प्राप्ती गर्न साधारणा सभा बोलाएका हुन् । दुबै कम्पनीको विशेष साधारण सभा आज (अषाढ ५ गते, शनिवार) हुँदैछ ।

नबिल बैंकले स्थापनाको ३६ वर्षपछि पहिलोपटक एउटा युनाइटेड फाइनान्स कम्पनीलाई अक्वायर गर्ने भएको हो । नबिल बैंक र युनाइटेड फाइनान्समा चौधरी ग्रुपको लगानी छ । नबिल बैंकले युनाइटेड फाइनान्सलाई ३५ रुपैयाँमा किन्ने भएको छ । नबिलले युनाइटेडलाई १ः०.३५ को स्वाप अनुपातमा प्राप्ति गर्न लागेको हो । अर्थात्, प्राप्तिपछि युनाइटेड फाइनान्सको सय कित्ता सेयरबराबर नबिलको ३५ कित्ता कायम हुनेछ ।

नबिल बैंक र युनाइटेड फाइनान्स एक्वायर गर्ने सम्वन्धि बैशाख १६ गते एमओयूमा हस्ताक्षर गरेको थियो । नबिलका मर्जर संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेडका मर्जर संयोजक मनिष खेम्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्