गरिमा विकास बैंकले केसीएल अस्ट्युट क्यापिटलको ५१.२०% सेयर किन्ने

काठमाडौं । गरिमा विकास बैंक र केसीएल अस्ट्युट क्यापिटलबीच सेयर स्वामित्व खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ । असार ४ गते शुक्रबारका दिन गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र केसीएल अस्ट्युट क्यापिटलको तर्फबाट अध्यक्ष दिपक पाण्डेयले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडमा गरिमा विकास बैंक लिमिटेडको ५१.२० प्रतिशत सेयर स्वामित्व कायम भई के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा अगाडि बढाइनेछ ।
यसका साथै, गरिमा विकास बैंक लिमिटेडले सेयर लगानी गरे पश्चात के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको नाम परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम गरिनेछ ।