खुकुलोसहित उपत्यकामा एक साता निषेधाज्ञा थपियो, कुन वार कुन पसल खुल्ने ? « Arthapath.com
६ असार २०७८, आईतवार

खुकुलोसहित उपत्यकामा एक साता निषेधाज्ञा थपियो, कुन वार कुन पसल खुल्ने ?



काठमाडौं । आइतबार बसेको उपत्यकाका ३ जिल्ला भक्तपुर, ललितपुर र काठमाडौँका सिडिओहरुको बैठकले उपत्यकामा जारी निषेधाज्ञा केहि परिमार्जनसहित एक साता थप गर्ने निर्णय गरेको छ । तर यसपटक निजी सवारी साधन पनि जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेटो विजोर बार चल्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

थप गरिएको निषेधाज्ञामा बैंक, वित्तीय क्षेत्र, फेन्सी, भाँडा पसललगायत भीडभाड नहुने थप व्यवसाय समय तोकेर चलाउन निर्णय भएको छ । यसैगरी, निजी सवारी साधनलाई जोर बिजोर प्रणालीमा चलाउन दिने निर्णय भएको छ । सार्वजनिक सवारी साधन भने निषेधाज्ञामा चल्न पाउने छैनन् ।

आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् । बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको छ । खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ ।


प्रतिक्रिया दिनुहोस्