नेप्सेमा निरन्तर भारि अंकको गिरावट, सोमबार ७१ अंकले घटेर साढे ११ अर्बको कारोबार « Arthapath.com
७ असार २०७८, सोमबार

नेप्सेमा निरन्तर भारि अंकको गिरावट, सोमबार ७१ अंकले घटेर साढे ११ अर्बको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर ओरालो लाग्ने यात्रामा छ । ३०२२ अंकमा पुगेर नयाँ कीर्तिमानी कायम गरेको नेप्से धितोपत्र बोर्डले ५१ कम्पनी जोखिमयुक्त भनेर सार्वजनिक गरेपछि निरन्तर ओरालो लागि रहेको छ । नेप्से परिसूचक मात्रै नभएर कारोबार रकममा पनि कमी आएको छ ।

निरन्तर नयाँ–नयाँ उचाईमा पुगेको नेप्से सोमबार भारि अंकले गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४.४१ अंकमा बन्द भएको हो । यसअघि हिजो ६३.२८ अंकले गिरावट आएको थियो ।

त्यस्तै निरन्तर ओरालो लागिरहेको नेप्सेमा कारोबार रकम पनि घटेको छ । सोमबार दिनभरिमा २२७ कम्पनीको २ करोड २५ लाख २२ हजार कित्ता सेयर १ लाख २७ हजार पटक किनबेच हुँदा ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार सबै समूहमा राताम्य छाएको छ । कुनै पनि समूहमा हरियो देखिएको छैन । ट्रेडिङ समूह ३२.२७ अंक, अन्य समूह ५४.६४ अंक, जीवन बीमा समूह ४५१.११ अंक, म्युचुअल फण्ड समूह ०.२१ अंक, इन्भेष्टमेन्ट समूह ०.५३ अंक, डेभलपमेन्ट बैंक समूह २१०.२१ अंक, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रो समूह १७१.१९ अंक, माइक्रोफाइनान्स समूह १०४.७२ अंक बैंकिङ्ग समूह ३४.४३ अंक, फाइनान्स समूह १२०.६९ अंक, होटल तथा पर्यटन समूह १६५.८३ अंक, हाइड्रो पावर समूह १५०.३० अंक र निर्जीवन बीमा समूह ४२९.६३ अंकले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्