यूरो कप २०२० खल्तीबाट भोट गर्दा २५ हजार जित्न सकिने « Arthapath.com
७ असार २०७८, सोमबार

यूरो कप २०२० खल्तीबाट भोट गर्दा २५ हजार जित्न सकिने



काठमाडौं । नेपालकै एक उदयमान अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेट, ले खल्ती एप भित्रै भोटिंग मार्फत जारी यूरो कप–२०२० को दैनिक खेलको परिणाम अनुमान गरी रू. २५००० नगद तथा दैनिक क्यासब्याक कुपनहरु जित्ने अवसर ल्याएको छ ।

खल्ती डिजिटल वालेटले ल्याएको यस योजनामा निःशुल्क भोट गरी जोकोही सहभागी हुन सक्नेछन् । सहभागीहरुले खल्ती आइडी नभएको खण्डमा आफ्नो खल्ती आइडी बनाइ KYC भेरिफाइ गराएको हुनपनेर्ने कम्पनिले जनाएको छ ।

त्यसै गरि भोट को साथै सहभागीहरुले खल्तीमा हरेक दिन आफ्नो लिंक गरिएको बैंक अकाउन्टबाट कम्तिमा रु. २०० लोड गर्नुपर्ने हुन्छ। साथै लोड गर्दा Remarks सेक्सन मा EURO2020 अनिवार्य रुपमा लेख्नुपर्ने छ । यसो गर्दा सहि उत्तर दिने थप १० जनाले हरेक दिन ५० प्रतिशत छुट कुपन कोड जित्ने मौका पनि पाउनेछन् ।

यूरो कप–२०२० को सहि अनुमान गर्ने योजना सम्बन्धमा खल्ती डिजिटल वालेटका ब्राण्ड एण्ड मार्केटिंग म्यानेजर, शिरिष श्रेष्ठले बताउनुभयो “हामीले (खल्ती) सहभागीहरुलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले उक्त योजना संचालनमा ल्याएका हौँ। यस योजना मार्फत फुटबल प्रेमीहरुले विशुद्द मनोरन्जनका साथै आकर्षक पुरस्कार जित्ने मौका पाउनेछन् । हामी कुनै पनि किसिमको अनलाइन सट्टेबाजी र यसको प्रचार प्रसारको निन्दा गर्छौँ”।

भोट गर्नका लागि Khalti.com मा गई बुकिंग सेक्सनमा रहेको भोट आइकन मा गई तिन स्टेप्समा सहजै गर्न सकिन्छ ।

खल्ती संग बैंक लिंक गर्नका लागिः
१. खल्तीको होम पेजमा देखाइएको Link Bank Account व्यानरमा क्लिक गरि आफ्नो बैंक छनोट गर्ने र सम्पूर्ण विवरण भर्ने
२. त्यसपछि, प्रयोगकर्ताको उल्लेखित नम्बरमा प्राप्त भएको OTP (One Time Password)राख्नुपर्नेछ
३. अब, Verify बटनमा ट्याप गरिसकेपछि बैंक अकाउन्ट र खल्ती वालेट सफलतापूर्बक लिंक हुनेछ ।

१. पहिलो, यूरो कप को ब्यानर मा ट्याप गर्ने
२. भोट गर्न चाहेको देशको फोटो तल भोट वा ड्र मा जाने
३. अन्तिममा, भोट बटन मा क्लिक गरि ओके मा ट्याप गर्ने

खल्ती, नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त एक व्यवसायिक डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो। झन्झटरहित र सरल भुक्तानीको भरपर्दो माध्यम, खल्ती प्रयोगकर्ताहरुको संख्या हाल १७ लाख भन्दा बढी रहेको छ।’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ Khalti.com/app बाट यो एप डाउनलोड गर्न सकिन्छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्