नागरिक लगानी कोषको सेयर मूल्य समायोजन, कति छ समायोजित मूल्य ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको हो । कम्पनीको समायोजनपछिको मूल्य ३ हजार ७ सय ४३ रुपैयाँ निर्धारण तोकिएको छ । सोही मूल्यलाई आधार मानेर आज मंगलबार नेप्सेमा कोषको सेयर कारोबार खुल्नेछ ।
कोषको बिहीबारको अन्तिम कारोबार मूल्य ४ हजार ८० रुपैयाँमा भएको थियो । कोषको सञ्चालक समितीको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि समेत गरी ८.८९४७ प्रतिशत नगद गरि कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
साधारण सभा र लाभांश प्रयोजनका लागि कोषले आज मंगलबार (असार ८ गते) बुक क्लोज गरेको छ । तसर्थ, हिजो सोमबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
