नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत बोनस सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल एग्रो लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको हो ।
कम्पनीको बोनस सेयरको मुल्य समायोजनपछि ५४९ रुपैयाँ तोकिएको छ । कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य ६२६ रुपैयाँ लाई आधारमा मूल्य समायोजन गरिएको हो ।
कम्पनीले पाँचौं वार्षिक साधारण सभा अषाढ ३१ गतेका दिन बोलाएको छ । सभाले आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट १४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।