मंगलबार नेप्सेमा २ कम्पनीको हकप्रद र बोनस सेयर सूचीकृत « Arthapath.com
८ असार २०७८, मंगलवार

मंगलबार नेप्सेमा २ कम्पनीको हकप्रद र बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बंगलबार दुई कम्पनीको सेयर सूचीकृत भएको छ । मंगलबार सारथी नेपाल लघुवित्त र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर सूचीकृत भएको हो ।

सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

सारथी नेपाल लघुवित्तको ४ हजार १९९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीले लिलामी मार्फत् बिक्री गरेको पुरानो हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस बापतको ९ लाख २० हजार २५०.७९ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर वितरण गरेपश्चात नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्