साना किसानलाई माथि उक्सान यान्त्रिकीकरणमा जोड « Arthapath.com
८ असार २०७८, मंगलवार

साना किसानलाई माथि उक्सान यान्त्रिकीकरणमा जोड



काठमाडौं । ग्रमिण कृषिलाई प्रवद्र्धन तथा साना किसानलाई नीति निर्माण तहमा ल्याउनुपर्ने आवश्यकतामा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालका साना किसान र निर्वाहमुखी खेतीका कारण किसान चरम गरिबीको अवस्थामा रहेको बताउँदै उनीहरुले साना किसानको विकास नभएसम्म कृषिको विकास सम्भव नभएको धारणा व्यक्त गरेका छन् ।

अन्तराष्ट्रिय खाद्य प्रणाली सम्मेलन २०२१ को सन्दर्भमा राष्ट्रिय कृषक समूह महासंघको साथै राष्ट्रिय भूमि अधिकार मञ्च, सामुदायिक वन उपभोक्ता महासंघ, खाद्यका लागि कृषि अभियान, राष्ट्रिय सिंचाइ जल उपभोक्ता महासंघ नेपाल, एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले संयुक्त रुपमा मंगलवार आयोजना गरेको ‘दिगो खाद्य प्रणालीमा उत्पादक समूह एवं साना किसानको योगदान’ विषयक प्रदेश २ स्तरीय भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरु सो धारणा व्यक्त गरेका छन्् ।
नेपालको कृषि अनुसन्धान प्रभावकारी नदेखिएको उल्लेख गर्दै कृषिको दीगो विकासका लागि अनुसन्धान आवश्यक रहेको कुरामा पनि जोड दिनुभयो ।

प्रदश २ का प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले साना किसानको समग्र विकास नभएसम्म समग्र नेपाली समाजको विकास नहुने बताउनुभयो । नीति निर्माण गरेर मात्र हुँदैन, त्यसलाई लक्षित समूहसम्म पुर्याउनु पर्ने कुरामा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, प्रदेश २ को नीति आयोगमा छु, सरकारलाई कृषिसँग थुप्रै विषयमा नीतिगत सुझाव दिएको तर कार्यान्वयन पक्ष निकै कमजोर रहेको हामाीले पाएका छौ ।’

सीमान्तकृत किसान, भूमी किसानका लागि मुलभूत समस्या रहेको उल्लेख गर्दै उहाँले कृषिमा सरकारले दिने सेवा सुविधा असल किसानले नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, जुन व्यक्तिको सरकारसँग पहुँच हुन्छ, त्यसले नै कृषिका सेवा सुविधा लिइरहेका हुन्छन् ।’

प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.सम्झानाकुमारी काफ्ले कृषिको उत्पादन र उत्पादकत्व बढाउनुपर्ने तर त्यसका लागि यान्त्रिकीकरणको आवश्यकता पर्ने गरेको धारण राख्नुभयो । उहाँले कृषिमा यान्त्रिकीकरणको आवश्यकता बढी रहेको अवस्थामा त्यसको अभाव देखिएको बताउनुभयो । साना किसान तथा निर्वाहमुखीलाई व्यवसायीककरण गर्नका लागि यान्त्रिकीकरणमा विशेष जोड दिनुपर्ने बताउँदै उहाँले किसानले उत्पादन गरेको वस्तु वजारसम्म लैजाने कुरामा पनि जोड दिनुपर्ने बताउनुभयो ।

हरेक स्थानीय तहमा प्राविधिक राख्नुपर्ने कुरा सरकारले निर्णय गरेपनि जनशक्तिको अभावमा त्यति पुग्न नसकेको कुरा सत्य हो, तर जेजति पुगेका छन् आफ्नो क्षमता अनुसार काम गरिरहेको बताउँदै उहाँले निर्यातमुखी उत्पादनका लागि कृषि व्यवसायीमा जोड दिनुपर्ने बताउनुभयो ।

मन्त्रालयका योजना महाशाखाका प्रमुख ललनकुमार सिंहले कृषिको वजार प्रणाली सुधारका लागि सरकार लागि परेको बताउँदै किसानले आफ्नो उत्पादनको आफै मूल्य निर्धारण गर्न सकिने गरी कार्यक्रमहरु बनाउन लागेको दावी गर्नुभयो । भएका कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने विषयमा पनि सरकारले योजना बनाइरहेको बताउँदै उहाँले सरकारद्वारा सञ्चालित कार्यक्रममा सम्पूर्ण किसानलाई कसरी सहभागी गराउने विषयमा पनि सरकारले काम गरिरहेको बताउनुभयो ।

राष्ट्रिय कृषक समूह महासंघ प्रदेश २ का अध्यक्षत मुक्तिनारायण यादवको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरु अजय शाह, अर्जुन थपलिया लगायते प्रदेश २ को कृषि अवस्थाको बारेमा धारणा राख्नुभएको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्