१ अर्बको ऋणपत्र निष्कासन गर्न मुक्तिनाथ विकास बैंकलाई बोर्डले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकलाई ‘मुक्तिनाथ डिबेन्चर २०८४–८५’ ऋणपत्र निष्कासन तथा बिक्री गर्न अनुमति दिएको छ । बोर्ड अषाढ ८ गते, मंगलबार बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो ।
बोर्डबाट अनुमति पाएपछि मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार ऋणपत्र निष्कासन गर्नेछ । १ अर्ब २५ करोड ऋणपत्रको ६० प्रतिशत अर्थात् ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवर मार्फत् र ४० प्रतिशत अर्थात् ५ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधि मार्फत् निष्काशन गरिनेछ ।
अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने यस ऋणपत्रको अवधि ७ वर्षको हुनेछ । ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।