स्विट्जरल्यान्डको स्विस बैंकमा नेपालीको बचत १ बर्षमा दोब्बरले बढ्यो « Arthapath.com
११ असार २०७८, शुक्रबार

स्विट्जरल्यान्डको स्विस बैंकमा नेपालीको बचत १ बर्षमा दोब्बरले बढ्यो



काठमाडौं । स्विट्जरल्यान्डको स्विस बैंकमा नेपालीहरुको बचत दोब्बरले बढेको छ । गम्भीर अपराध तथा गैरकानुनी कार्यबाट आर्जित रकम बचत गरिदिने र उच्चस्तरीय गोपनीयता राख्ने स्विस बैंकमा नेपालीको बचत रकम दोब्बरले बृद्धि भएको हो । स्विस नेसनल बैंकले पछिल्लो समयमा सार्वजनिक गरेको विवरण अनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा नेपालीको बचत दोब्बरले बृद्धि भएको देखाएको छ ।

बैंकका अनुसार नेपालीको बचत सन् २०१९ सम्ममा १७ करोड ५८ लाख ६५ हजार २ सय ४१ स्विस फ्र्यांक (हालको विनिमय दरअनुसार २२ अर्ब ७३ करोड ४० लाख ९९ हजार ८ सय १० रुपैयाँ) थियो । त्यसको १ बर्षपछि अर्थात् सन् २०२० मा नेपालीको बचत ३६ करोड ८ लाख २२ हजार ५ सय ५१ स्विस फ्र्यांक (हालको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड ३५ लाख ३१ हजार २ सय ५१ रुपैयाँ) रहेको छ ।

यसअघि सन् २०१७ पछिदेखि लगातार घटेको थियो । नेपालीको बचत हालको विसनमय दर अनुसार सन् २०१७ मा ४१ अर्ब ७३ करोड ९२ लाख २३ हजार २०५ रुपैयाँ, २०१८ मा ३२ अर्ब १६ करोड ५ लाख ८७ हजार ८ सय ४८ रुपैयाँ र २०१९ मा २२ अर्ब ७३ करोड ४० लाख ९९ हजार ८ सय १० रुपैयाँ रहेको थियो । तर, पछिल्लो समयमा राजनीति खिचातानी बढेसँगै नेपालीको स्विस बैंकमा बचत रकम बढेको बताईन्छ ।


प्रतिक्रिया दिनुहोस्