तेह्रथुम पावर कम्पनीलाई १२ करोडको आईपीओ निष्कासन गर्न बोर्डले दियो अनुमति « Arthapath.com
११ असार २०७८, शुक्रबार

तेह्रथुम पावर कम्पनीलाई १२ करोडको आईपीओ निष्कासन गर्न बोर्डले दियो अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ ।

धितोपत्र बोर्डले असार १० गते बिहीबार कम्पनीलाई १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति दिएको हो । अब तेह्रथुम पावरले स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्