शेयरधनीलाई डिम्याट खाता नविकरण गर्न ग्लोबल आइएमई क्यापिटलको आग्रह « Arthapath.com
१८ असार २०८२, बुधबार

शेयरधनीलाई डिम्याट खाता नविकरण गर्न ग्लोबल आइएमई क्यापिटलको आग्रह



काठमाडौँ । डिम्याट खाता नविकरण गर्न ग्लोबल आइएई क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई आग्रह गरेको छ ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७७७८ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७८ असार मसान्तभित्र शुल्क बुझाउन क्यापिटलले आग्रह गरेको छ ।

शेयरधनीहरुले ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंक लिमिटेड तथा कनेक्ट आइपीएस, इ सेवा, आइएमई पेबाट डिम्याट खाता नविकरण शुल्क तिर्न सक्ने क्यापिटलले जनाएको छ ।

त्यसैगरी मेरो शेयर लिगेका ग्राहकहरुले सेवा सुरु गरेको १ वर्षभित्र नविकरण गनुपर्ने र नविकरण नगरेमा उक्त सेवा बन्द हुने क्यापिटलले जनाएको छ ।

यस्तो छ क्यापिटलले जारी गरेको सुचना :

Tags :

प्रतिक्रिया दिनुहोस्