राप्रपा नुवाकोटद्वरा अक्सीजन, कन्सन्ट्रेटर र मास्क प्रदान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नुवाकोटले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । आज एक कार्यक्रम गदै राप्रपाले धुलिखेल अस्पताल (थानसिङ स्वास्थ केन्द्र लिखु–५ र चौघडा स्वास्थ्य चौकि लिखु–४ र लिखु वडा नं ४ लाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको पहलमा उपलव्ध अक्सिजन कन्सन्ट्रेटर र मास्क हस्तान्तरण गरेको छ ।
कोरोना महामारीको समयमा अग्रमोर्चामा खटेका स्वास्थ्यकर्मीहरुले गरेका उल्लेखनीय कार्य र अहिलेको विषम परिस्थितिमा अक्सिजन सिलिन्डरको अभावका कारण यो उपकरणले कोरना रोगको उपचारमा सहयोग पुराउने अपेक्षा सहित राप्रपाले सदैव जनताको दुःखमा साथ दिदै आइरहेको र यो माहामारिमा पनि राप्रपाले जनताको घरघरमा पुगेर सकेको सहयोग गरिरहेको वताउदै यस्ता सामग्रीहरु अन्य स्थानमा समेत उपलब्ध गरायको र भविष्यमा पनि सक्दो सहयोग गर्ने गरेको कार्यसम्पादन समिति सदस्य जनक पाठकले जानकारी दिएका छन ।
अक्सीजन कन्सन्ट्रेटरले बिद्युत आपूर्ति हुँदा २४ घण्टा सेवा प्रदान गर्नेछ ।हस्तान्तरण कार्यक्रममा राप्रपा कार्यसम्पादन समिति सदस्य दीपककुमार राई, प्रविण कुमार थोकर, राप्रपा क्षेत्र नम्बर–१ का अध्यक्ष विमल थापा, चिन्नल कुमार राई, रामचन्द्र अगस्थि, विष्णु पाठक, राजन पौडेल, धुर्व धिताल, भोजराज न्यौपाने, पदमबहादुर राई, युवा नेता शंकर रिसाल, लगायतको उपस्थिति रहेको थियो ।
