सगरमाथा इन्स्योरेन्सको ११ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पकिो ११ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनिले गएको आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत बोनस सेयर र शेयर वितरण प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनिले भोलीबाट बुक क्लोज गर्ने छ । असार ३० गते इन्स्योरेन्सले केन्द्रिय कार्यालय, नक्सालमा भर्चुअल रुपमा २४ औं साधारण सभा बोलाएको छ ।
साधारण सभाले शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र बोनस शेयर वितरण प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने जस्ता प्रस्तावहरु पारीत गर्ने छ ।