मनकामना स्मार्ट लघुवित्तको आईपीओमा ५९ गुणा धेरै आवेदन पर्यो « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा ५९ गुणा धेरै आवेदन पर्यो



काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा चौथो दिन १६ लाख भन्दा बढीले आवेदन दिएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आइतबार बिहान ११ बजेसम्मको तथ्याङ्क अनुसार १६ लाख १२ हजार ९०१ जनाले २ करोड १२ लाख ७० हजार ३० कित्ताको लागि आवेदन दिएका छन् ।यो माग गरिएको भन्दा ५९ गुणा आवेदन परेको हो ।

संस्थाले बिहीबारदेखि १ सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमा ६ हजार ५८ कित्ता कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागी छुट्याइएको छ ।

संस्थाको उक्त आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपिओमा असार २१ गते र ढिलोमा असार ३१ ग्तेसम्म आवेदन दिन सकिने छ ।


प्रतिक्रिया दिनुहोस्