नेप्सेमा ३ लाख ६४ हजार कित्ता बोनस सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेप्सेमा ३ लाख ६४ हजार कित्ता बोनस सूचीकृत भएको छ । आइतबार नेप्सेमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.१९९८ प्रतिशत बोनस सेयर अर्थात् ३ लाख ६४ हजार ४४८.३५ कित्ता सेयर सूचीकृति भएको हो ।
संस्थाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४८२९४४ प्रतिशत नगद गरी कूल ९.६८ प्रतिशत लाभांश वितरण गरेपश्चात नेप्सेमा सूचीकृत भएको हो ।

