यो मनसुनको तीन सातामै २२६ विपद्, मृत्यु र बेपत्ता हुनेको संख्या ७० पुग्यो
काठमाडौं । यस वर्ष मनसुन सुरू भए यता (जेठ ३१ देखि हालसम्म) देशका विभिन्न जिल्लाहरूमा मनसुनजन्य विपद्का २२६ घटना भएका छन् । विभिन्न २२ जिल्लामा ३९ जनाको मृत्य, ३१जना बेपत्ता र ४६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।
सिन्धुपाल्चोक, बाजुरा, गोरखा, तनहुँ, धादिङ, चितवन, डोटी लगायतका जिल्लामा प्राकृतिक विपत्तीका घटना भएका छन् । ‘२०७८ असार १९ मा परेको अविरल वर्षाका कारण सुनसरी जिल्लाको थला खोला, ट्याङग्रा खोला, बुढी खोला, केशलिया खोला, धनुष खोलामा बाढी आई आसपासका करीब २०० घरहरु डुबान भएको प्रारम्भिक विवरण प्राप्त भएको छ’, गृह मन्त्रालयके विज्ञप्तिमा उल्लेख छ ।
पीडितहरुलाई स्थानीय विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति तथा सुरक्षा निकायहरुको सक्रियतामा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।













