वेद एपको “हात हातमा शिक्षा” को बिजेतालाई नयाँ ल्यापटप साथै अन्य आकर्षक पुरस्कार « Arthapath.com
२० असार २०७८, आईतवार

वेद एपको “हात हातमा शिक्षा” को बिजेतालाई नयाँ ल्यापटप साथै अन्य आकर्षक पुरस्कार



काठमाडौ । वेद एपले नेपालकै अनलाइन सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेट सँगको सहकार्यमा “हात हातमा शिक्षा” अभियान संचालनमा ल्याएको छ ।

शिक्षक तथा विद्यार्थीहरुलाई अनलाईन शिक्षा सम्बन्धि आफ्नो अनुभव बाँड्नका लागि अवसर प्रदान गर्न उक्त अभियान संचालनमा ल्याईएको वेदले जनाएको छ । उक्त अभियानको बिजेताले ५० हजार मुल्य बराबरको ल्यापटप साथै अन्य आकर्षक नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।

कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले डिजिटल शिक्षा सम्बन्धि ३० सेकेन्ड वा सो भन्दा लामो भिडियोमा आफ्नो अनुभव बाँडि सहभागी हुन पाउनेछन् ।

यस क्यामपेनको एक उपाधि वेदगुरु र फ्युचर लिडर अन्तर्गत एक शिक्षक र एक विद्यार्थी बिजेता हुनेछन् । बिजेताहरुले ५० हजार बराबरको नयाँ ल्यापटप र यसका टप चार रनर अप ले ५००० क्यास प्राइज आफ्नो खल्ती खातामा प्राप्त गर्नेछन् ।

त्यसै गरि न्युअन ब्लक उपाधिको बिजेता एक वर्ष सम्मको लागि ५० हजार बराबरको निःशुल्क वेद सब्स्क्रिप्सन र खल्ती खातामा १० हजार रकमका साथ सम्मानीत हुने खल्तीले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्