आकार बढाएर एनआईसी एशिया सेलेक्ट-३० फण्डको इकाई बाँडफाँड « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

आकार बढाएर एनआईसी एशिया सेलेक्ट-३० फण्डको इकाई बाँडफाँड



काठमाडौं । एनआईसी एशिया सेलेक्ट-३० फण्डको इकाई बाँडफाँड गरिएको छ । असार १० गतेदेखि असार १४ गतेसम्म बिक्री गरेको एनआईसी एशिया कयापिटको ‘एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड)’ नामक सामुहिक लगानी कोषको इकाईहरू बाँडफाँड गरिएको हो ।

आइतबार गरिएको बाँडफाँडमा १०० इकाईदेखि ४५ लाख इकाईसम्म मााग गर्ने सबैलाई माग अनुसारकै इकाईहरु र ५० लाख इकाईदेखि १ करोड इकाईसम्म माग गर्ने आवेदकहरुलाई ४९ लाख ३० हजार ६ सय ५ इकाईका दरले बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

एनआईसी एशिया बैंक कोष प्रवद्र्धक रहेको म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएको थियो । तर माग भन्दा झण्डै २ गुणा बढी आवेदन परेपछि फन्डको आकार बढाएर १ अर्ब २५ करोड रूपैयाँ बनाइएको हो ।


प्रतिक्रिया दिनुहोस्