सेयर बजार निरन्तर ओरालो लाग्दै, दोहोरो अंकले करेक्शन हुँदा साढे ४ अर्बमा खुम्चियो कारोबार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सेयर बजार निरन्तर ओरालो लाग्दै, दोहोरो अंकले करेक्शन हुँदा साढे ४ अर्बमा खुम्चियो कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले करेक्शन भएको छ । लगानी गर्ने अन्य क्षेत्र विस्तारै खुकुलो हुँदै गएपछि नेप्सेमा यसको प्रभाव परेको लगानीकर्ता बताउँछन् । असार महिनामा कर बुझाउने समय भएकाले पनि नेप्सेमा करेक्शन आएको सेयर विज्ञहरुले बताएका छन् ।

२ महिनाभन्दा लामो निषेधाज्ञा सरकारले विस्तारै खुकुलो गर्दै जाँदा लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गर्दा नेप्सेमा यसको प्रत्यक्ष प्रभाव परेको हो । निरन्तर नयाँ उचाईमा पुगेको नेप्सेमा धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनी सार्वजनिक गरेपछि यसको पनि असर देखिएको हो ।

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ११.७८ अंकले घटेर २८२२.७३ अंकमा बन्द भएको छ । यसअघि हिजो आइतबार नेप्से परिसूचक ८.४८ अंकले घटेर २८३४.५२ अंकमा बन्द भएको छ । ३ हजार विन्दुमा पुगेको नेप्से निरन्तर ओरालो लाग्दै २८ सयमा झरेको हो ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार दिनभरिमा २२४ कम्पनीको १ करोड ६३ हजार कित्ता सेयर ५२ हजार पटक किनबेच हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ । यसअघि हिजो आइतबार ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार रुपैयाँको कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्