ज्येष्ठ नागरिक : सन्तानबाटै अवहेलनाको सिकार बन्दै, साहारा बन्दै स्थानिय सरकार « Arthapath.com
२२ असार २०७८, मंगलवार

ज्येष्ठ नागरिक : सन्तानबाटै अवहेलनाको सिकार बन्दै, साहारा बन्दै स्थानिय सरकार



उषा रेग्मी

नुवाकोट । स्थानिय सरकाहरु ज्येष्ठ नागरिकको साहारा बन्न थालेका छन् ।ज्येष्ठ नागरिकहरु सन्तानबाटै अपहेलीत हुन थालेपछि स्थानिय सरकार अन्तर्गत गाउँपालीका नगरपालीकाहरू ज्येष्ठ नागरिकका साहारा बन्न पुगेका छन् । पछिल्लो समय ब्यस्त जिवनशैलीका कारण सन्तानबाटै अपहेलना, परीवारका सदस्यहरुको साथ, साहारा हुन छोडेपछि ज्येष्ठ नागरिकहरु वुद्धाआश्रममा आफनो जीवनको बुढेसकाल विताउन बाध्य भएका छन् ।

विदुर नगरपालीकाले आर्थिक वर्ष २०७७/७८ को निति तथा कार्यक्रममा ज्येष्ठ नागरिकको लागी आफ्ना दुःखको भोगाई मन्थन गर्ने थलो निर्वाणमा जुटेको छ । नगरपालिकाले एक वडा एक जेष्ठ नागरिक दिवा विश्राम स्थल निमार्ण कार्यलाई निरन्तरता दिई प्रत्येक वडाको टोलटोलमा पुर्याउने निति उल्लेख गरेको छ । स्थानिय सरकार आएपछि जेष्ठ नागरिकको पक्षमा काम हुन थालेको छ ।

उता जिल्लाकै पहिलो र एकमात्र देविघाटस्थित जेष्ठ नागरिक प्रतिष्ठानको सेवा र रेखदेखको लागि नगरपालीकाबाट प्रदान गदै आएको सहयोगलाई निरन्तरता दिने निति तथा कार्यक्रममै उल्लेख गरेको छ । ८४ वर्ष उमेर पुगेकाहरुको जीवनको धार्मिक एवम् सांस्कृतिक महत्व समेत संरक्षण हुने गरि ज्येष्ठ नागरिक सम्मान कार्यक्रम समेत लागु गरेको छ ।

नुवाकोटको विदुर नगरपालीकाको देविघाटमा पर्ने जेष्ठ नागरिक अध्यायन प्रतिष्ठानमा हाल २८ जना जेष्ठ नागरिकहरु रहेका ज्येष्ठ नागरिक प्रतिष्ठानका अध्यक्ष विष्णु नेपालले बताए । प्रतिष्ठानमा नुवाकोट, रसुवा, दोलखा, गोरखा, चितवन, मकवानपुर लगायत देशका विभिन्न ठाउँबाट ज्येष्ठ नागरिकहरु आश्रय लिन आउने गरेका छन् । ज्येष्ठ नागरिकको हेरचाहको लागी प्रतिष्ठानलाई विदुर नगरपालीकाले १० लाख रुपैयाँ बजेट विनियोज गरेको छ । भने विभिन्न संघ संस्था तथा दाताहरुबाट सहयोग रकम आउने गरेको अध्यक्ष नेपालले बताएका छन् ।

आफु ४ वर्षदेखी साहाराविहिन भएर आश्रय लिएर बसेको एक वृद्ध आमा बताउँछीन् । एउटा भएको छोरो विदेश छ, श्रीमानको मुत्यु भयो, अहिले मेरो घर यहि आश्रम बनेको छ । यस्तै नियति अन्य २८ जनाको पनि छ । प्रतिष्ठानले ४ वटा गाई पालेको छ । सकेको बेला बृद्ध बृद्धाले गाईको रेखदेख देखि घासकाट्ने सम्म काम गर्ने गरेकोले घरमै बसे जस्तो अनुभव भएको उनि बताउँछिन ।

जनकपुरबाट ५ वर्षअघि आएका ६९ वर्षका रामबहादुर यादव पनि प्रतिष्ठानको व्यवहारका कारण आफुलाई घरमै परिवारसंग बसे जस्तो अनुभव हुने सुनाउछन् । ुसंगै जिवन कटाउने कसम खाएको श्रीमतिले छोडेर हिँडेपछि, छोरा वुहारीको व्यवहार सहन नसकेर आफन्तको सहयोगमा प्रतिष्ठानमा आइपुगेको हुँ , अहिले मलाई यहि खुशि लाग्छ, सकेको बेला गाईको हेरविचार गरेर दिन कटाउन पाएको छु, यादव भन्छन ।

६ रोपनि क्षेत्रफलमा २०६७ सालमा स्थापना भएको उक्त प्रतिसष्ठानमा ६७ कोठा रहेका छन् । अत्यधुनिक लिफ्ट जडित भवन बृद्धामैत्री बनेको छ । विभिन्न व्यक्तिबाट चन्दा सहयोग, संघिय सरकार, स्थानिय सरकारको सहयोगमा उक्त भवन निर्माण गरेको अध्यक्ष नेपाल सुनाउँछन् ।

विदुर नगरपालीकामा मात्र नभएर किस्पाङ गाउँपालीकाले पनि देविघाट ज्येष्ठ नागरिक प्रतिष्ठानको लागि आर्थिक वर्ष २०७८र०७९ को बजेटमा २ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यसैगरी दुप्चेश्वर गाउँपालीको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा महिला बालबालिका, अपाङ्ग तथा ज्येष्ठ नागरिकको लागि २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यसैगरी तादी गाउँपालीकाले आर्थिक वर्ष २०७७/७८ को निति तथा कार्यक्रममा नै “जेष्ठ नागरीक संग अध्यक्ष” कार्यक्रम मार्फत जेष्ठ नागरिक कल्याण सम्वन्धी कार्यक्रम संचालन गरि जेष्ठ नागरिक मिलन केन्द्र निर्माण गर्न आवश्यक वजेटको व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकको समस्या र समस्या समाधानको लागि “जेष्ठ नागरीक संग अध्यक्ष” कार्यक्रम संचालनमा ल्याएको तादी गाउँपालीका अध्यक्ष नारयण पाण्डेले बताए । हाल म आफै ज्येष्ठ नागरिको घर तथा आश्रमसम्म पुगेर उनीहरुका समस्या पहिचान गरी समाधान गर्ने तर्फ लागेको पाण्डे बताउँछन् । आफ्नै सन्तानले गरेको अपहेलनाको पिडा विर्षाउने काम हाल स्थानिय सरकारले गरिरहेका छन् ।

२०६८ सालको जनगणनाअनुसार देशभर ६० वर्षमाथिका ज्येष्ठ नागरिक करिब ३० लाख रहेका छन् । सरकारले गरेको ‘नेपाल ज्येष्ठ नागरिक अध्ययन सर्वेक्षण ९नेपाल एजिङ सर्भे० २०१४’ ले नेपालका ९१।२ प्रतिशत ज्येष्ठ नागरिकका छोराछोरी आफूसँग नरहेको देखाएको छ । यीमध्ये ७२ प्रतिशतले मात्र बाबुआमालाई जीवन निर्वाहका लागि सहयोग गरेका छन् । सर्वेक्षणमा ८७ प्रतिशत ज्येष्ठ नागरिकले औषधोपचारको सहयोग अपेक्षा गरेका छन् । ८० प्रतिशतले सुरक्षित आवास र रुचिअनुसारको खाना तथा ६६।७ प्रतिशतले व्यक्तिगत हेरचाह भएको भए जीवन सुखमय हुने थियो भनेका छन् । देशभरका ७० जिल्लाका ६० वर्षभन्दा माथिका ८ हजार ६ सय २६ जना ज्येष्ठ नागरिकसँगको अन्तर्वार्तामा आधारित रहेर सर्वेक्षण गरिएको थियो ।

के छ ज्येष्ठ नागरिकको व्यवस्था ?
२०७६ सालमा पुस २० गते संसदको महिला बालबालिका तथा सामाजिक विकास समितिले साहाराविहीन जेष्ठ नागरिकको पालनपोषण र हेरचाह स्थानीय तहले गर्ने ब्यवस्थासहितको प्रावधान राखेर ‘जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको थियो ।

हेरचाह नगर्ने हकवालाले सम्पत्ति नपाउने ?

हेरचाह नगर्ने हकवालाका ९छोराछोरी वा नजिकका नातेदार० ले जेष्ठ नागरिकको नाममा रहेको सम्पत्ति नपाउने विधेयकमा व्यवस्था छ । आफूले पालनपोषण वा हेरचाह गर्नुपर्ने जेष्ठ नागरिकको सम्पत्तिमा सम्बन्धित स्थानीय तहले आफ्नो स्वामित्वमा ल्याउन सक्ने कानुन बनेको छ ।

‘हेरचाह नगरिएका वा अलपत्र अवस्थामा रहेका जेष्ठ नागरिकको जायजेथा वा अंशभाग भएमा स्थानीय तहले आफ्नो स्वामित्वमा ल्याई निजको हकहितका लागि परिचालन गर्नेछ’ समितिबाट पारित विधेयकको प्रतिवेदनमा छ ।

हकवालाले पालनपोषण नगरेर अलपत्र ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्रमा राखी पालनपोषण तथा हेरचाह गर्ने व्यवस्था स्थानीय तहले मिलाउनुपर्नेछ ।

राष्ट्रिय सभाले गरेको संशोधन ?

सरकारले छोराछोरीले आफ्नो कमाइको निश्चित प्रतिशत बाबुआमाको बैंक खातामा जम्मा गर्नुपर्ने कानुनी ब्यवस्था प्रस्ताव गरेको थियो । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले छोराछोरीले कमाइको १० प्रतिशत बाबुआमाको बैंक खातामा जम्मा गर्नुपर्ने भनी स्पष्ट लेखिदिएको थियो ।

स्वास्थ्यमा कस्ता समस्या देखा पर्छ ?

उमेर ढल्किँदै गएपछि प्राकृतिक रूपमै विभिन्न खाले शारीरिक र मानसिक परिवर्तन आउँछन । शरीरको संरचना, अगंप्रत्यांगको प्रणाली र रोगसँग लड्ने क्षमतामा आउने कमिले आर्थिक बोझ थपिने गर्छ ।

विशेषगरी ६० वर्ष उमेर कटेपछि ज्येष्ठ नागरिकमा आउने यस्ता समस्याहरू परिवारले नबुझ्दा र बुझे पनि बेवास्ता गर्दा उनीहरूको मनोबल गिर्ने गरेको र गुणस्तरीय जीवनयापनमा ह्रास आउने गरेको ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा। रमेश कँडेल बताउँछन ।

‘उमेर बढेपछि अधिकांश बूढाबूढीलाई लाग्ने रोग भनेको बिर्सने रोग अर्थात् डिमेन्सिया र अल्जाइमर्स हो । हिँडडुल गर्न असजिलो हुने पार्किन्सन्स रोगबाट पनि उत्तिकै पीडित हुन्छन्,’ उनले भने, ‘मुटु, कलेजो र मिर्गौला जस्ता दीर्घरोग पनि धेरैलाई लाग्छ । हाड र मांसपेशीहरू कमजोर भएर दैनिकीमै असर गर्ने समस्या त सबैजसोलाई छ ।’ दैनिकी सामान्य बनाउन परिवारकै सदस्यमा निर्भर हुनुपर्ने, भोकनिद्रा कम लाग्ने समाज, साथीभाई र भीडबाट टाढा भएर एक्लै बस्नुपर्ने बाध्यताले उनीहरूलाई डिप्रेसन जस्तो गम्भीर मानसिक रोग लाग्ने गरेको उनले बताए । ज्येष्ठ नागरिकमा आउने यस्ता समस्याबारे परिवार, समाज र राज्य नै अनभिज्ञ भएकाले उनीहरूको जीवन सम्मानजनक हुन नसकेको ज्येष्ठ नागरिक रोग विशेषज्ञहरुहरु बताउँछन ।

ज्येष्ठ नागरिकको जीवनयापन सहज बनाउने परिवार, समाज र संस्थाको भर नपरी राज्यले आफै दायित्व लिनुपर्ने विशेषज्ञहरुको तर्क रहेको छ

बुढेसकालमा न नागरिकता न ज्येष्ठ नागरिक भत्ता – Dcnepal

Tags :

प्रतिक्रिया दिनुहोस्